नेकपा (माओवादी) केन्द्रका नेता सुदन किरातीले अहिले नेकपा (एकीकृत समाजवादी) सँग माओवादीले पार्टी एकता गर्न नहुने धारणा राखेका छन्।
बिहीबार माओवादी केन्द्रीय कमिटी बैठकमा धारणा राख्दै उनले समाजवादीका मुख्य नेता (अध्यक्ष माधवकुमार नेपाल) माथि भ्रष्टाचारको मुद्दा चलिरहेकोले मुद्दा किनारा नलाग्दासम्म एकता गर्न नहुने बताएका हुन्।
जेनजी आन्दोलन भ्रष्टाचारको विरुद्धमा भएको स्मरण गर्दै उनले समाजवादीसँग एकता हानिकारक हुनसक्ने चेतावनी दिए।
‘समाजवादी पार्टीसँग एकता गर्नु अहिले हानिकार हुन्छ। पहिला आफ्नै पार्टी भित्र आन्तरिक एकता सुदृढ गरौँ। कम्युनिष्ट पार्टी एकता र धुव्रीकरण र पनि गरौँ तर समाजवादीसँग एकता गर्नु अहिले हानिकार हुन्छ’ किरातीले भने, ‘किनकी जेनजी आन्दोलन भ्रष्टाचारको विरुद्धमा थियो। हाम्रो पार्टीले पनि उठाउँदै आएको शुसासनको कुरा नै हो। समाजवादीको मुख्य नेतालाई भ्रष्टाचारसँग सम्बन्धी मुद्दा छानबिन भई रहेको हुनाले उहाँको मुद्दा किनारा लागेपछि मात्र एकता गर्नुपर्छ। अन्यथा जनतामा जान सकिँदैन।’
Shares

प्रतिक्रिया