राजनीति


चार राजदूतले एकसाथ भेट्दै छन् प्रधानमन्त्री कार्कीलाई

चार राजदूतले एकसाथ भेट्दै छन् प्रधानमन्त्री कार्कीलाई

नेपालखबर
असोज ९, २०८२ बिहिबार ११:४, काठमाडौँ

प्रधानमन्त्री सुशीला कार्कीलाई युरोपेली संघ (ईयु) सहित चार राजदूतले भेट्ने भएका छन्।

आज दिउँसो साढे २ बजे उनीहरूले शिष्टाचार भेटका लागि समय लिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जनाएको छ।

भेट सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमै हुनेछ। भेटमा ईयुका राजदूतका अलावा फ्रान्स, जर्मनी र फिनल्यान्डका राजदूत पनि हुनेछन्।

जेनजी आन्दोलनसँगै भएको पछिल्लो राजनीतिक परिवर्तनपछि नेपालमा विभिन्न मुलुकको चासो बढेको छ।

भारत, अमेरिका र चीनका राजदूतले प्रधानमन्त्री कार्कीलाई यसअघि नै भेटिसकेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad