राजनीति


जेनजी आन्दोलन: एमालेका देशभर ६४ कार्यालय र १५८ नेताका घरमा क्षति

जेनजी आन्दोलन: एमालेका देशभर ६४ कार्यालय र १५८ नेताका घरमा क्षति

नेपालखबर
असोज ८, २०८२ बुधबार २२:४१, काठमाडौँ

जेनजी आन्दोलनका क्रममा एमालेका देशभर ६४ कार्यालय र १५८ नेताका घरमा क्षति भएको छ। 

आज एमाले केन्द्रीय कार्यालयको बैठकमा यो विवरण पेस गरिएको हो। 

एमाले महासचिव शंकर पोखरेलका अनुसार, च्यासलमा सम्पन्न बैठकले पार्टी कार्यालयहरू तथा पार्टीका नेता–कार्यकर्ताको निजी घर र व्यवसायमा भएको क्षतिसम्बन्धी प्राप्त प्रारम्भिक विवरणको समीक्षा गकेके थियो। 'प्रारम्भिक विवरणअनुसार पार्टीको केन्द्रीय कार्यालयसहित देशभरका ६४ वटा पार्टी कार्यालयमा तोडफोड र आगजनी भएको पाइएको छ,' पोखरेलले दिएको विवरणमा छ, 'त्यस्तै, पार्टीका नेता र कार्यकर्ताका १५८ भन्दा बढी घर तथा व्यवसायमा क्षति पुगेको रिपोर्ट प्राप्त भएको छ। अधिकांश कार्यालयको सरसफाइ र मर्मत–सम्भारको काम सुरु भइसकेको छ।'

आन्दोलनका नाममा भएको रहस्यमय आगजनी र तोडफोडवाट भएको क्षतिको सरसफाई र मर्मतको काममा पार्टी कार्यकर्ताहरु स्वयमसेवी भावनाका साथ परिचालित भइरहेको पोखरेलले जानकारी दिए। 'राष्ट्र, संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र, पार्टी तथा आन्दोलनको रक्षा गर्न सम्पूर्ण पार्टी पंक्ति पुनः जुर्मुराएर उठ्तैछ,' उनले सामाजिक सञ्जालमा लेखेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad