नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले आफूलाई कुनै सेवा सुविधान नचाहिने बताएका छन्। सोमबार पद तथा गोपनीयताको शपथ लिएसँगै सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री पुनले अहिले नै यो यो काम गर्ने भन्ने केही नछुट्याएको र विज्ञको सल्लाहको आधारमा काम गर्ने बताएका हुन्।
'भगवान शिव भएको भए यो-यो गर्छु भन्ने थिएँ। किताब बेच्दै गरेको मान्छेलाई यहाँ ल्याएर मन्त्री बनाइदिएको छ। पहिलो काम मन्त्रालयमा गएर के-के छन् बुझ्ने ह,' उनले भने, 'अपर्झट मन्त्री भइएको छ। सेवा सुविधा मलाई केही पनि चाहिएको छैन। म चाहिँ अब मन्त्रालयमै बस्ने त्यहीँ ओछ्यान लाउने हो।'
उनले गर्नुपर्ने धेरै काम भए पनि आफ्नो प्राथमिकतामा नवप्रवर्तन र अनुसन्धान रहने बताए। त्यस्तै उनले शिक्षा पनि आफूसँग जोडिएकाले यसबारे विज्ञको सल्लाह लिएर मात्रै काम अघि बढाउने बताए।
'म आफू जान्ने भएर यसो गर्छु उसो गर्छु भन्ने होइन। विज्ञहरूसँग सल्लाह लिन्छु राम्रो मान्छेको राम्रो सल्लाह लिएर छिटो कार्यान्वयन गर्नेछु,' उनले थपे, 'प्राथिमकता नवप्रर्वतन अनुसन्धान नै प्राथमिकता हो। यतिले मात्रै होइन। शिक्षा र विज्ञान प्रविधि जोडिएको छ। शिक्षातिर केके गर्ने भन्ने बताउँदिन। केके गरिन्छ भन्ने कुरा अहिले बताउने होइन।'
Shares

प्रतिक्रिया