राजनीति


राजीनामा दिएका नेताबारे सीके राउतले भने: उहाँहरूको निर्णय स्वागतयोग्य छ

राजीनामा दिएका नेताबारे सीके राउतले भने: उहाँहरूको निर्णय स्वागतयोग्य छ

सीके राउत। फाइल तस्बिर


नेपालखबर
असोज २, २०८२ बिहिबार १३:६, काठमाडौँ

जनमत पार्टीका अध्यक्ष सीके राउतले वरिष्ठ उपाध्यक्ष अब्दुलखानसहित ६ नेताले दिएको सामूहिक राजीनामा स्वागतयोग्य भएको बताएका छन्। 

नेपालखबरसँग कुरा गर्दै अध्यक्ष राउतले किन पार्टी छोडेको भन्ने जानकारी थाहा नभए पनि उनीहरूको निर्णयको सम्मान गर्दै स्वागत गरिएको बताएका हुन्।  

'६ नेताले दिएको राजीनामा पत्र म कहाँ आइसकेको छ,' उनले नेपालखबरसँग भने, 'उहाँहरूको व्यक्तिगत निर्णय हो मैले सम्मान गर्दै स्वागतयोग्य ठानेको छु।'

उनले अब बस्ने केन्द्रीय समिति बैठकले ती नेताको राजीनामा स्वीकृत गर्ने पनि बताए। 

नेतृत्व परिवर्तनको माग पूरा नभएको भन्दै पार्टीका उपाध्यक्ष खान, केन्द्रीय प्रवक्ता डा शरदसिंह यादव, केन्द्रीय संयोजक कुमार यादव, सीके सिंह, वरिष्ठ प्रदेश इञ्चार्ज (सुदुरपश्चिम प्रदेश) राजाराम चौधरी र केन्द्रीय सदस्य विक्रमबहादुर बमले सामूहिक राजीनामा दिएका हुन्।

राजीनामा दिनेहरूले बुधबारमात्रै २४ घण्टाको अल्टिमेटमसहित राउतलाई पार्टी नेतृत्व छोड्न भनेका थिए। राउतले नेतृत्व नछोड्ने भएपछि उनीहरूले सामूहिक राजीनामा बुझाएका हुन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad