भदौ २३ र २४ गते भएको जेनजीको प्रदर्शनमा क्षति पुगेका कम्पनीहरूले धमाधम बिमा दाबी माग गर्न थालेका छन्।
भदौ ३१ गतेसम्म लघुबिमासहितका १८ वटा निर्जीवन बिमा कम्पनीहरूमा २० अर्ब ७० करोडबराबरको १ हजार ९ सय ८४ वटा बिमादाबी परेको हो।
नेपाल बिमा प्राधिकरणका अनुसार सबैभन्दा धेरै दि ओरियन्टल इन्स्योरेन्समा दाबी परेको छ। सबैभन्दा धेरै क्षति पुगेको भाटभटेनी सुपरस्टोरको बिमा यही इन्स्योरेन्समा भएका कारण पनि अन्यको तुलनमा ओरियन्टलको बिमा दाबी सबैभन्दा धेरै देखिएको हो।
यो कम्पनीमा कुल ५ अर्ब ४१ करोडबराबरको ४० वटा दाबी माग गरिएको छ। यस्तै दोस्रोमा सिद्धार्थ प्रिमियर रहेको छ। यो कम्पनमिा ४ अर्ब ९३ करोडको २ सय ५८ वटा दाबी पर्दा शिखर इन्स्यारेन्समा २ अर्ब ३९ करोडको ३ सय ६६ वटा दाबी परेको हो।
योबाहेक आईजीआई प्र्रुडेन्सियल, सगरमाथा लुम्बिनी, हिमालयन एभरेष्ट र नेको इन्स्योरेन्सको १ अर्बमाथिको दाबी पर्दा अन्य ११ वटा बिमा कम्पनीमा भने अर्बभन्दा थोरै मात्र बिमा दाबी परेको हो।
जेनजी प्रदर्शनमा सरकारी कार्यालयसँगै देशभरका अधिकांश ठूला निजी व्यवसायहरूमा आगजनी गरिएको थियो। जसमा अधिकांश पूर्णरुपमा क्षति पुगेको छ। सरकारी कार्यालयहरूको बिमा नभएको हुँदा कुल २० अर्ब ७० करोडको दाबी निजी क्षेत्रको मात्रै रहेको प्राधिकरणले जनाएको छ।
जेनजी प्रदर्शनले पु¥याएको क्षति अझै आउने क्रममै रहेका कारण बिमा माग दाबी थप बढ्ने निश्चित छ। प्राधिकरणले पहिलो चरणमा देशभरमा १९८४ वटा दाबी परेको विवरण सार्वजनिक गरेको छ।
Shares

प्रतिक्रिया