राजनीति


संविधान दिवस देशभर मनाइन्छ : खड्का

संविधान दिवस देशभर मनाइन्छ : खड्का

नेपालखबर
असोज १, २०८२ बुधबार १६:१, काठमाडौँ

नेपाली कांग्रेसले देशभर संविधान दिवस मनाउने जनाएको छ।

पार्टी उपभासपति पूर्णबहादुर खड्काले संविधान रक्षा गर्ने संकल्पका साथ ७७ वटै जिल्लामा असोज ३ गते संविधान दिवस मनाउने निर्णय गरिएको जानकारी दिए। 

‘हामीले कार्य सम्पादन समितिको बैठक गर्‍यौँ, क्षेत्रीय कार्य समितिको बैठकहरु गर्‍यौँ, जिल्ला सभापतिहरुसँग जुम मिटिङ गर्‍यौँ र हामी ३ गते ७७ वटा जिल्लामा जुनजुन जिल्लामा जुनजुन समिति छ,’ सानेपास्थित पार्टी केन्द्रीय कार्यालय अनुगमन गर्न पुगेका खड्काले भने, ‘सबै ठाउँमा हाम्रो पार्टीको कार्य समितिहरु, भ्रातृ संस्थाहरु शुभेच्छुक संस्थाहरुलाई सबैलाई हामीले अनुरोध गरिसकेका छौं। सबैले संयुक्त रुपमा ७७ वटै जिल्लामा शान्तिपूर्ण तरिकाले संविधान हातमा लिएर सविधान दिवस मनाउने छलफल गरिसकेका छौं।’

उनले थपे, ‘तपाईहरुमार्फत पनि म सबै पार्टीका क्षेत्रीय सभापति, जिल्ला सभापति लगायत सबै साथीहरुलाई ३ गते अत्यन्त संयमतापूर्वक, दृढतापूर्वक संधिाविन रक्षाको जिम्मेवारीलाई शीरमा राखेर संविधान दिवस मनाउने निर्णय भएको छ। सबैलाई यही आह्वान गर्दछौं।’

नेपाली कांग्रेसले जेन जी प्रर्दशनकारीहरुको कुटपिटबाट घाइते भइ उपचार गराइरहेका पार्टी सभापति शेरबहादुर देउवाको स्वास्थ्य अवस्थामा पनि सुधार आइरहेको जनाएको छ। उपसभापति खड्काले सभापति देउवाको निर्देशनअनुसार पार्टी कामलाई अघि बढाउँदै लैजाने पनि बताए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad