ad ad

राजनीति


आर्थिक चलखेल गरी पार्टी फुटाउन अध्यादेश ल्याइयो : यादव

आर्थिक चलखेल गरी पार्टी फुटाउन अध्यादेश ल्याइयो : यादव

नेपालखबर
बैशाख ९, २०७७ मंगलबार ८:२७,

समाजवादी पार्टी नेपालले सरकारले ल्याएका अध्यादेशले मुलुकमा राजनीतिक अस्थिरता ल्याउने बताएको छ।

सरकारले सोमबार सरकारले ‘राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७७ र संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७’ मार्फत् कानूनहरु संशोधन गरेपछि समाजवादी पार्टीले यस्तो प्रतिक्रिया दिएको हो।

समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवद्वारा हस्ताक्षरित विज्ञप्तिमा राजनीतिक पार्टीहरुलाई सत्ता–शक्ति, पद र आर्थिक चलखेल गरी फुटाउने षड्यन्त्र गर्न अध्यादेश ल्याइएको बताइएको छ।

‘अध्यादेशले मुलुकमा राजनीतिक अस्थिरता ल्याउने र लोकतन्त्रलाई समाप्त पारी देशलाई नै ठूलो दुर्घटनामा पार्ने देखिन्छ’, विज्ञप्तिमा भनिएको छ, ‘यसले नेपाली जनताको ठूलो त्याग, संघर्ष र बलिदानबाट प्राप्त – संघीयता, लोकतन्त्र, गणतन्त्र र समावेशीतालाई धरापमा पार्ने र सिंगो मुलुकलाई नै द्वन्द र अस्थिरतातर्फ धकेल्नेछ।’

समाजवादीले अध्यादेश लोकतन्त्र र संविधानको मर्म र भावनाका प्रतिकूल हुनुका साथै देश र जनताको हितविरुद्ध रहेको ठहर गरेको छ। समाजवादीले अध्यादेृश फिर्ता लिन सरकारलाई आग्रह समेत गरेको छ।

समाजवादीले कोरोना महामारीबाट जनताको जीवनको रक्षा गर्दै लोकतन्त्रको रक्षा र राष्ट्रिय हितका लागि सरकारले चालेको गैर–लोकतान्त्रिक कदमका विरुद्ध एकतावद्ध हुन सबैमा आग्रह गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .