राजनीति


अग्रज पुस्ता पार्टी नेतृत्वबाट बिदा नभए बिद्रोह हुन्छ: सुदन किराँती

अग्रज पुस्ता पार्टी नेतृत्वबाट बिदा नभए बिद्रोह हुन्छ: सुदन किराँती

नेपालखबर
भदौ ३१, २०८२ मंगलबार ८:२, काठमाडौँ

माओवादी केन्द्रका नेता सुदन किराँतीले पार्टी नेतृत्वबाट अग्रज पुस्ता बिदा नभए विद्रोह हुने चेतावनी दिएका छन्। 

जेनजी आन्दोलनपछि सबै प्रमुख दलको नेतृत्व परिवर्तनको आवाज उठिरहेका बेता पूर्वमन्त्रीसमेत रहेका किराँतीले सामाजिक सञ्जालमार्फत् अहिलेको नेतृत्व पुस्ताले अब बिदा लिनुपर्ने बताएका हुन्। 

‘इतिहासमा योगदान गर्नु भएका अग्रज नेताहरूले सम्मानित भइराख्न र पार्टीको साख बचाई राख्न जिम्मेवारी परित्याग गरी अभिभावकत्वको  भूमिका ग्रहण गर्नु उचित हुनेछ,’ उनले मंगलबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘त्यसो नगरे हाम्रो पुस्ताले उहाँहरूविरुद्ध विद्रोह गर्न बाध्य हुनु पर्नेछ। नत्र जनताले हामिलाई बहिस्कार गर्ने छन्। अब के गरौँ?’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad