प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले नवनियुक्त महान्यायाधिवक्ता सविता भण्डारीलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएका छन्।
सर्वोच्च अदालतमा प्रधानन्यायाधीश राउतले नवनियुक्त महान्यायाधिवक्ता भण्डारीलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएका हुन्।
प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति पौडेलले उनलाई महान्यायाधिवक्ता नियुक्त गरेका हुन्। यसअघि, महान्यायाधिवक्ता रमेश बडालले राजीनामा दिएपछि भण्डारी महान्यायाधिवक्ता बनेकी हुन्।
भण्डारी वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीको छोरी हुन्। यसअघि उनी सूचना आयुक्तसमेत रहिसकेकी छन्। रासस
57
Shares

प्रतिक्रिया