राजनीति


१५ मन्त्रालय अझै प्रधानमन्त्री कार्कीसँगै

१५ मन्त्रालय अझै प्रधानमन्त्री कार्कीसँगै

नेपालखबर
भदौ ३०, २०८२ सोमबार १३:१९, काठमाडौँ

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गरेर चार सदस्यीय बनाएकी छन्।  

कार्कीले नियुक्त गरेका तीनजना मन्त्रीलाई सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण गराएका छन्।

ओमप्रकाश अर्याल, रामेश्वर खनाल र कुलमान घिसिङ मन्त्रीमा नियुक्त भएका हुन्। अर्याललाई गृहसँगै कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी दिइएको छ। 

त्यसैगरी खनालले अर्थ मन्त्रालयको कार्यभार पाउँदा नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङलाई ऊर्जासँगै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सहकारी विकास मन्त्रालयको जिम्मेवारी तोकिएको छ।

तीन मन्त्री नियुक्त भए पनि प्रधामन्त्री कार्कीसँग अझै १५ मन्त्रालय छन्। 

उद्योग, कृषि, खानेपानी, परराष्ट्र, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, महिला बालबालिका, युवा तथा खेलकुद, रक्षा, वन, शिक्षा, श्रम, पर्यटन, संघीय मामिला, सञ्चार र स्वास्थ्य मन्त्रालय अहिले पनि प्रधानमन्त्री कार्कीसँगै छन्। 

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका कारण एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार विस्थापित भएपछि पूर्वप्रधानन्यायाधीश कार्की शुक्रबार साँझ अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएकी थिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad