राजनीति


काठमाडौँ उपत्यकामा सुरक्षाका लागि ८ जना एसपी थपियो

काठमाडौँ उपत्यकामा सुरक्षाका लागि ८ जना एसपी थपियो

नेपालखबर
भदौ २९, २०८२ आइतबार १७:३५, काठमाडौँ

काठमाडौँ उपत्यकामा पछिल्लो समय बिग्रिएको सुरक्षा अवस्थालाई मध्येनजर गर्दै ८ जना प्रहरी उपरीक्षक (एसपी) थप गरिएको छ। प्रहरी प्रधान कार्यालयले आइतबारदेखि ८ जना एसपीलाई उपत्यका मातहत रहने गरी खटाएको उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी शेखर खनालले जानकारी दिए। 

काठमाडौँ जिल्ला प्रहरी परिसरको अपरेसन कमान्डरमा एसपी पवन भट्टराईलाई खटाइएको छ। भट्टराई यसअघि डीएसपी हुँदा पनि काठमाडौँ परिसरको अपरेसन कमान्डर  थिए। अहिले उनी जिल्ला प्रहरी कार्यालय पाल्पाको प्रमुख थिए। 

तर, काठमाडौँको सुरक्षा अवस्था बिग्रिएपछि उनलाई काठमाडौँ बोलाइएको हो।  पाल्पामा दीपेन्द्र पन्जियार थारुलाई पठाइएको छ। 

यस्तै उपत्यकामा विभिन्न क्षेत्रमा पनि एसपीहरु खटिने भएका छन्। एसपीहरू बालनरसिंह राणा, दीपक श्रेष्ठ, रुगम कुँवर, कवित कटुवाल, रामेश्वर पौडेल, डिलबहादुर मल्ल र केशव भट्टराईलाई विभिन्न क्षेत्रमा खटाइएको हो। 

यसअघि वृत्त अन्तरगत डीएसपीको कमाण्डमा खटिँदै आएका थिए। वृत्तको इन्चार्जहरू पनि अहिले सेवामा फर्किन थालेका छन्। प्रदर्शनकारीहरूले काठमाडौँको मालिगाउँबाहेक सबै वृत्त जलाएका छन्। 

ती जलेका वृत्तमा प्रहरी सरसफाइ गरिरहेका छन्। यस्तै केही संख्यामा नियमित काममा पनि फर्किएको खनालले बताए।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad