नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले प्रतिनिधिसभा विघटन पूर्णरुपमा अलोकतान्त्रिक र असंवैधानिक रहेको बताएका छन्।
आइतबार ६ बुँदे प्रेस वक्तव्य जारी गर्दै खड्काले संविधान बमोजिम जनताबाट लोकतान्त्रिक विधिअनुसार निर्वाचित देशकै सर्वोच्च प्रतिनिधिमुलक संस्था विघटन हुनु अलोकतान्त्रिक र असंवैधानिक भनेका हुन्।
‘संविधान बमोजिम जनताबाट लोकतान्त्रिक विधि अनुसार निर्वाचित देशकै सर्वोच्च प्रतिनिधिमूलक संस्था प्रतिनिधि सभाको विघटनको कार्य पूर्ण रूपमा अलोकतान्त्रिक र असंवैधानिक छ,' खड्काले जारी गरेको वक्तव्यमा उल्लेख छ, 'यस कार्यले देशको संविधान, संविधानद्वारा प्रत्याभूत नागरिक अधिकार, संघीय लोकतान्त्रिक गणतन्त्रतात्मक शासन व्यवस्था र समावेशी चरित्रको राज्य निर्माण गर्ने संविधानको भावनामा कुठाराघात भएको छ।’
उनले सर्वोच्च अदालतका विगतको फैसला पनि सम्झिएका छन्। जेनजीको पछिल्लो आन्दोलनको विषयमा पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मामार्फत विज्ञप्ति जारी गरिसकेको र शुक्रबारको कार्यसम्पादन समितिमार्फत पनि यसबारे धारणा सार्वजनिक गरिसकेको बताएका छन्।


Shares

प्रतिक्रिया