राजनीति


संसद् विघटन भएपछि शंकर पोखरेलले भने : सतर्क रहौँ

संसद् विघटन भएपछि शंकर पोखरेलले भने : सतर्क रहौँ

नेपालखबर
भदौ २८, २०८२ शनिबार ११:५, काठमाडौँ

नयाँ प्रधानमन्त्री नियुक्तिसँगै संसद् विघटन भएपछि नेकपा एमालेका महासचिव शंकर पोखरेलले सर्तक रहन आह्वान गरेका छन्। 

यस क्रममा उनले आफ्ना अध्यक्ष केपी शर्मा ओलीले संसद् विघटन गर्दा मुद्दा हाल्ने र फैसला गर्नेहरूले नै अहिले प्रतिनिधि सभा भंग गराएको भनी कटाक्ष पनि गरेका छन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘विगतमा बहुमतको प्रधानमन्त्रीले संसद् विघटन गर्दा त्यसलाई असंवैधानिक भन्दै मुद्दा हाल्ने र फैसला सुनाउनेहरू अहिले स्वयं विघटनतर्फ अग्रसर हुनु विडम्बनापूर्ण विषय हो। त्यसैले सतर्क रहौँ।’

जेनजी आन्दोलनका कारण केपी शर्मा ओली नेतृत्वको सरकार विस्थापन भएपछि राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार राति मात्र पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा नयाँ अन्तरिम सरकार गठन गरेका छन्। साथै प्रधानमन्त्री कार्कीकै सिफारिसमा राष्ट्रपति पौडेलले प्रतिनिधि सभा विघटन गरी फागुन २१ गतेका लागि चुनाव पनि घोषणा गरेका छन्। 

एमाले अध्यक्ष ओलीले आफू प्रधानमन्त्री रहँदा दुई-दुईपटक संसद् विघटन गरेका थिए। पहिलोपटक २०७७ पुस ५ मा संसद् भंग गर्दा सर्वोच्च अदालतले बदर गरिदिएपछि ओलीले २०७८ जेठ ७  मा पुनः विघटन गरेका थिए। तर दोस्रोपटक पनि अदालतले उल्टाइदिएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad