प्रधानमन्त्री सुशीला कार्कीको पद तथा गोपनीयताको शपथ ग्रहण समारोहमा पूर्वप्रधानमन्त्रीहरूमध्ये डा बाबुराम भट्टराई मात्रै सहभागी भएका छन्।
प्रधानमन्त्रीको शपथमा पूर्वप्रधानमन्त्रीहरू पनि सहभागी हुने चलन छ।
यसअघिका प्रधानमन्त्रीको शपथमा उपराष्ट्रपति, प्रधानन्यायाधीश, पूर्वप्रधानमन्त्रीदेखि सभामुख, राष्ट्रियसभा अध्यक्षलगायत सहभागी हुने प्रचलन थियो।
त्यस्तै निवर्तमान प्रधानमन्त्री नयाँ प्रधानमन्त्रीबीच कुर्सी हस्तान्तरण गर्ने चलन पनि थियो।
तर यसपटक निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, पुष्पकमल दाहाल, झलनाथ खनाल र माधवकुमार नेपाल भने पुगेनन्।
त्यस्तै शपथ समारोहमा रास्वपा नेता सुमना श्रेष्ठ पनि पुगेकी थिइन्। अन्य सहभागीले प्रधानमन्त्री कार्कीलाई हात मिलाएर, नमस्कार गरेर बधाई दिइरहँदा कार्कीले भने अंकमाल गरेरै बधाई दिइन्।
Shares

प्रतिक्रिया