राजनीति


प्रधानमन्त्रीको शपथ समारोहमा सहभागी हुन कूटनीतिक नियोगका प्रतिनिधि शीतलनिवासमा

प्रधानमन्त्रीको शपथ समारोहमा सहभागी हुन कूटनीतिक नियोगका प्रतिनिधि शीतलनिवासमा

नेपालखबर
भदौ २७, २०८२ शुक्रबार २१:२५, काठमाडौँ

प्रधानमन्त्रीको शपथ समारोहमा सहभागी हुन विभिन्न कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरू शीतलनिवास पुगेका छन्। आजै राष्ट्रपति रामचन्द्र पौडैल, नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल र जेनजीका प्रतिनिधिहरूबीच पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउने र संसद् विघटन गरेर जाने सहमति भएको थियो। 

अहिले प्रधानमन्त्रीमा कार्कीको नियुक्ति भइसकेको छ। केहीबेरमा शपथ समारोह हुने राष्ट्रपति कार्यालयले जानकारी दिएको छ।  

समारोहमा सहभागी हुन् उच्चपदस्थ कर्मचारी तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरू शीतलनिवास पुगेका छन्।  

जेनजीको आन्दोलनका क्रममा भएको आगलागी र तोडफोडबाट ध्वस्त शीतलनिवासमै शपथ हुन लागेको हो। आजै छोटो मन्त्रिपरिषद् बैठक बस्ने र त्यसले केही निर्णय गर्ने तयारी छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad