नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जेनजीको प्रदर्शनको क्रममा चोरिएका सामान नकिन्न अनुरोध गरेको छ।
सीआईबीले सार्वजनिक सूचना जारी गर्दै चोरी तथा लुटपाट भएका सामानहरूको खरिद बिक्री तथा सञ्चय गरेको पाइएमा प्रचलित कानुनअनुसार अनुसन्धान गरी कारबाही हुने चेतावनी दिएको हो।
'यहि मिति २०८२।०५।२३ र २४ गते भएको प्रदर्शनको क्रममा सरकारी तथा निजी भवन, बैक बित्तीय संस्था लगायतका संरचनाहरुमा आगजनी र तोडफोड गर्नु पुर्व त्यस्ता भवनहरुमा रहेका ऐतिहासिक दस्तावेज, कागजपत्र, बहुमुल्य बस्तु, हातहतियार, अन्य महत्वपूर्ण जिन्सी तथा नगद सामानहरू लुटपाट गरी बजारमा बिक्री वितरण गरिरहेको भन्ने सूचना प्राप्त भएको हुँदा सो सम्बन्धमा यस ब्युरो एवम् अन्य प्रहरी कार्यालयहरूबाट अनुसन्धान भइरहेको हुदाँ त्यस्ता सरसामानहरुको खरिद तथा बिक्री नगर्न नगराउन हुन अनुरोध गरिएको छ' प्रहरीको सूचना भनिएको छ।

Shares

प्रतिक्रिया