राजनीति


प्रक्रियामा अड्कियो कार्कीको नियुक्ति

प्रक्रियामा अड्कियो कार्कीको नियुक्ति

नेपालखबर
भदौ २७, २०८२ शुक्रबार ११:२०, काठमाडौँ

अन्तरिम सरकारको प्रधानमन्त्री पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई नियुक्त गर्न समझदारी बने पनि प्रक्रियाको विषयलाई लिएर शीतलनिवास अलमलमा परेको छ।

संसदको हैसियत के हुने भन्ने विषयमा गएर नियुक्ति प्रक्रिया पनि अड्किएको शीतलनिवास स्रोतले जनाएको छ।

जेनजीका तर्फबाट संसद विघटन गर्नुपर्ने दबाब छ। संसद विघटन नगरे अन्तरिम सरकार गठनको बाटो नखुल्ने यस पक्षको तर्क छ।

बिहीबार राष्ट्रपतिले संविधानविद्, प्रमुख दलका नेता तथा सभामुखसँग परामर्शन गरेका थिए। संविधानविदहरूले ‘संविधानमा कमभन्दा कम क्षति हुने गरी राष्ट्रपतिले संविधानको पालक र संरक्षकको भूमिका खेल्न सक्ने’ र ‘राष्ट्रपति पदसँगै इमर्जेन्सी लाइन बाल्ने अधिकार अन्तरनिहित हुने’ परामर्श दिएका थिए।

हालको कामचलाउ सरकारले बाधा अड्काउ फुकाउने आदेश जारी गर्ने र त्यसै आदेशअनुसार आगामी प्रक्रिया अघि बढाउने तयारीमा शीतलनिवास लागेको थियो।

तर, संसद विघटन गर्नैपर्ने जेनजीको अडान र विघटन गर्दा आउन सक्ने अवगालको राष्ट्रपतिमा देखिएको भयमा अहिलेको गाँठो कस्सिएको छ। यही गाँठो फुक्न नसकेकै कारण नयाँ प्रधानमन्त्री नियुक्ति पर धकेलिएको छ।

आज पनि राष्ट्रपतिले विभिन्न पक्षसँग परामर्श जारी राखेको शीतलनिवास स्रोतले जानकारी दिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad