जंगी अड्डामा जेनजीसहितको अन्तरिम सरकार गठनको वार्ता चलिरहेका बेला नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटाले त्यो संविधानभित्रबाटै हुनुपर्ने धारणा राखेका छन्।
उनले बिहीबार सामाजिक सञ्जालमा लेख्दै देश र लोकतन्त्र नै खतरामा पार्न नहुने चेतावनी दिएका हुन्।
'मरुभूमिको फ्याउरो दक्षिण एसियाममा तीव्र वेगमा छ। हामी आफू सच्चिनुपर्छ र सच्चयाउनुपर्छ', उनलेे लेखेका छन्, 'तर डेमोक्रेसीको विकल्प डेमोक्रेसी मात्र हो। राजनीतिक समस्याको समाधान संविधान बाहिरबाट हुन सक्दैन। देश र डेमोक्रेसी हाइज्याक हुन सक्दैन। देश दशकअघि वा शतकपछि? त्यो समयले प्रस्ट गर्छ।'
201
Shares

प्रतिक्रिया