देशको भयावह परिस्थिति नियन्त्रणमा लिन मंगलबार राति १० बजेबाट नेपाली सेना खटिएको छ।
‘हालको विषम परिस्थितिको अनुचित फाइदा उठाई केही समूहहरुले सर्वसाधारण नागरिक तथा सार्वजनिक सम्पत्ति समेतमा अत्यधिक क्षति पुऱ्याउने, लुटपाट एवम् आगजनी गर्ने कार्य भइरहेको’ भन्दै सेना खटिएको हो।
सैनिक मुख्यालयले विज्ञप्ति जारी गरी सर्वसाधारण तथा नागरिकको सम्पत्तिमा क्षति नपुर्याउन आग्रह गरेको छ।
सेनाको विज्ञप्ति:
नेपाली सेना लगायत अन्य सुरक्षा निकायहरु तैनाथ हुने सम्बन्धमा
२. यस किसिमका गतिविधिहरु नरोकिएको खण्डमा नेपाली सेना लगायत सम्पूर्ण सुरक्षा निकायहरु आफ्नो प्रमुख जिम्मेवारी नेपाल र नेपालीको सुरक्षाको लागि स्थिति नियन्त्रण गर्न मिति २०८२ भाद्र २४ गते रातीको १० बजेबाट दृढ रहने प्रतिबद्धता जानकारी गराउँदछौं।सम्पूर्ण राष्ट्रवासीलाई सहयोगको लागि हार्दिक अपिल समेत गर्दछौं।
३. तत्पश्चात, सुरक्षा स्थितिको पुनर्मूल्याङ्कन गरी थप सूचना जारी गरिनेछ।

Shares

प्रतिक्रिया