राजनीति


क्षति न्यूनीकरण र उद्धारका लागि सेना, सशस्त्र र आन्दोलनरत समूह सहकार्य गर्ने

क्षति न्यूनीकरण र उद्धारका लागि सेना, सशस्त्र र आन्दोलनरत समूह सहकार्य गर्ने

नेपालखबर
भदौ २४, २०८२ मंगलबार २१:४२, काठमाडौँ

सार्वजनिक तथा निजी सम्पत्तिमाथिको आक्रमण नरोकिएपछि नेपाली सेना, सशस्त्र प्रहरी र आन्दोलनरत समूह सहकार्य गर्ने भएका छन्।

आन्दोलनरत समूहका प्रतिनिधिसँग प्रधानसेनापति अशोकराज सिग्देलले गरेको अनौपचारिक वार्तापछि सहकार्य गर्ने समझदारी बनेको हो।

आन्दोलन गर्ने समूहले आन्तरिक रुपमा सम्प्रेषण गरेको सन्देशअनुसार वार्ताका क्रममा जेनजी प्रतिनिधिले पहिला उद्धार र क्षति न्यूनीकरणका लागि सेना खटाउन माग गरेका थिए। त्यसपछि क्षति न्यूनीकरणका लागि सहकार्य गर्ने विषयमा उनीहरुबीच समझदारी बनेको छ। सोही समझदारीअनुसार केही ठाउँमा उद्धारका लागि टोली परिचालन पनि गरिसकिएको छ।

समूहको सन्देशमा भनिएको छ, 'क्षति धेरै भइसक्यो। मान्छेलाई बचाउने र थप संरचना ध्वस्त हुन नदिने गरी पहिला काम गरौँ। त्यसपछि औपचारिक वार्ता गरौँला।'

यसैबीच सशस्त्र प्रहरी बल, नेपालले एक विज्ञप्ति प्रकाशित गरी यस संवेदनशील परिस्थितिमा भौतिक एवं राष्ट्रिय सम्पत्ति लगायतमा भएको क्षति नियन्त्रण, न्यूनीकरण र उद्धार कार्य गर्न जेनजीलगायत सबै पक्षहरुसँग सहकार्य गरी संयुक्त रुपमा परिचालन भई कार्य गर्न पूर्ण रुपमा तयार एवं प्रतिबद्ध रहेको जनाएको छ।

नेपाली सेनाले अहिले १० बजेबाट परिस्थिति नियन्त्रणमा लिन परिचालित हुने भन्दै सूचना जारी गरिसकेको छ।

सेनाले सबै सुरक्षा निकायसँग सहकार्य गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad