समाज


कोटेश्वरमा ३ र महाराजगञ्जमा १ प्रहरीको मृत्यु

कोटेश्वरमा ३ र महाराजगञ्जमा १ प्रहरीको मृत्यु

नेपालखबर
भदौ २४, २०८२ मंगलबार २१:१०, काठमाडौँ

काठमाडौँमा चार प्रहरीको मृत्यु भएको छ। कोटेश्वरमा तीन जना प्रहरीको मृत्यु भएको हो।

मंगलबार दिउँसो प्रदर्शनका क्रममा कोटेश्वरमा  तीन जना र महाराजगन्जमा १ जनाको ज्यान गएको प्रहरी स्रोतले जानकारी दियो।

जेनजी प्रदर्शनकारीहरूले महाराजगन्जमा आगजनी सुरु गरेपछि निसास्सिएर एक जना असईको मृत्यु भएको प्रहरीको भनाइ छ। 

कोटेश्वर प्रभागका पनि तीन जनाको ज्यान गएको हो। त्यहाँ आक्रमण गरी प्रदर्शनकारीले बन्दुक समेत खोसेका छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad