खानेपानीमन्त्री प्रदीप यादवले राजीनामा गरेको घोषणा गरेका छन्। उनले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा बुझाउन आफू प्रधानमन्त्री निवासतर्फ जान लागेको जानकारी दिए।
‘प्रिय युवा भाइबहिनीहरु तपाईं नै मेरो प्रथम सहयोगी र मेरो जोस र उर्जाका सुत्रधार हुनुहुन्छ,’ यादवले लेखेका छन्, ‘हिजो जेनजीले गरेको आन्दोलनको समर्थन र सरकार र प्रशासनद्वारा गरिएको दमनको विरोध गर्दै म आफ्नो खानेपानी मन्त्रालयको मन्त्री पदबाट राजिनामा दिने घोषणा गर्दछु।’
उनलेसबैलाई संयमता अपनाई युवा पुस्तालाई आग्रह समेत गरेका छन्।
84
Shares

प्रतिक्रिया