नेकपा (एकीकृत समाजवादी) ले जेनजी आन्दोलनका क्रममा आफ्नो पार्टीको केन्द्रीय कार्यालयमा तोडफोड र ढुंगामुढा गरी क्षति पुर्याइएको जनाएको छ।
पार्टीका उपाध्यक्ष एवम् प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले सोमबार विज्ञप्ति प्रकाशित गरी ‘केही अराजक व्यक्तिहरूले पार्टीको आलकनगरस्थित केन्द्रीय कार्यालयमा ढुङ्गा मुढा प्रहार गरी ठूलो भौतिक क्षति पुर्याएको’ उल्लेख गरेका छन्।
विज्ञप्तिमा घटनाप्रति दुःख व्यक्त गर्दै त्यस्ता अराजक तत्वहरूलाई तत्काल कारबाही गर्न सरकारसँग माग पनि गरिएको छ।
एकीकृत समाजवादीले जेनजी आन्दोलनमा भएको सरकारी दमनप्रति भर्त्सना पनि गरेको छ।
सोमबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले नव युवाहरूको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै आन्दोलनका जायज मागहरूको समर्थन गरेको प्रचार विभाग प्रमुख प्रकाश ज्वालाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
समाजवादीले दमन बन्द गर्न र वार्ताबाट आन्दोलनकारीका जायज माग पूरा गर्न माग पनि गरेको छ।
Shares

प्रतिक्रिया