काठमाडौँमा सोमबार भएको जेनजीको प्रदर्शनमा घुसपैठ भएको ब्रिफिङ सुरक्षा प्रमुखहरूले गृहमन्त्री रमेश लेखकलाई गराएका छन्।
केहीबेरअघि भएको बैठकमा सबै सुरक्षा निकायका प्रमुखहरूले गृहमन्त्रीसमक्ष ब्रिफिङ गरेका थिए।
'जेनजीहरू फर्किसकेको अवस्थामा दलका कार्यकर्ताहरू प्रदर्शनमा आए,' बैठकमा गृहमन्त्रीलाई सुरक्षा प्रमुखहरूले भने, 'दुर्गा प्रसाईं र राजावादीहरूको टोलीसँगै रास्वपाका कार्यकर्ताको घुसपैठ भएको पाइयो।'
6.3k
Shares

प्रतिक्रिया