राजनीति


मन्त्री पुनको पहलमा चार सय मजदुरलाई ९ वटा बसमा घर पठाइयो

मन्त्री पुनको पहलमा चार सय मजदुरलाई ९ वटा बसमा घर पठाइयो

नेपालखबर
बैशाख ७, २०७७ आइतबार १६:५७,

ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले उपत्यकाका भक्तपुर र ललितपुरमा अलपत्र परेका ४ सय कामदारलाई घर पठाएका छन्। 

विभिन्न स्थानबाट हिंडेर आएका मजदुरलाई भक्तपुरमा रोकिएको खबर पाएसँगै मन्त्री पुन आफैं त्यहाँ पुगेका थिए। उनले आइतबार साँझ पानी परिरहेका बेला रुझेरै मजदुरहरुलाई बिदाई गरे।

सडकमा अलपत्र परेका व्यक्तिहरूलाई ९ वटा बसमा राखेर सम्बन्धित जिल्ला पठाइएको मन्त्री पुनले बताए।

भक्तपुर प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेका अनुसार मन्त्री पुनको पहलमा रोल्पा, दाङ र सल्यानका मजदुरहरूलाई पठाइएको हो। काभ्रेका विभिन्न स्थानबाट आएका उनीहरूलाई प्रहरीले शंकरापुरमा रोकेको थियो।

mantripun2

रोकेको खबर पाएलगत्तै मन्त्री पुन आफैं त्यहाँ पुगेका थिए। काभ्रेबाट आएकालाई ६ वटा बसमा, भक्तपुरका विभिन्न इँटा भट्टामा कार्यरत मजदुरलाई दुई वटा बसमा र ललितपुरमा रहेकालाई एउटा बसमा राखेर घर पठाइएको हो।

लामो लकडाउनका कारण रोजगारी गुमाउनु परेको र छाक टार्र्नै समस्या हुने गरेको भन्दै मजदुरहरु हिंडेर घर जान लागेका थिए।

 

 

 

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .