सेयरबजारमा आज १७३ वटा सेयरको मूल्य घटेको छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार सूचक ११.५२ अंकले घटेर २७०८.२५ विन्दुमा झरेको दिन ७९ वटा सेयरको मूल्य मात्र बढेको हो।
यस दिन १ करोड ११ लाख कित्ता सेयर बिक्री भएको छ। यसबाट ४ अर्ब ४० करोडको कारोबार भएको नेप्सेले जनाएको छ।
यस दिन बढेकामध्ये हिमस्टार ऊर्जा कम्पनी, युनिभर्सल पावर कम्पनीलगायतका सेयरधनीले अधिकतम ९.९७ प्रतिशतसम्म कमाउँदा पञ्चकन्या माई हाइड्रो, विकास हाइड्रोपावर, ओरेन्टल होटल्सलगायतका सेयरधनीले ४.६२ प्रतिशतसम्म गुमाएका छन्।
कारोबारमा आज युनियन हाइड्रोपावर अगाडि रह्यो। लगानीकर्ताले कम्पनीको २९ करोडको सेयर कारोबार गरे। यसबाहेक नेपाल पुनर्बीमाको २७ करोड, एभरेस्ट बैंकको २२ करोड, हिमालयन डिस्टिलरीको १६ करोड र युनिभर्सल पावर कम्पनीको १३ करोडको कारोबार भयो।
Shares

प्रतिक्रिया