राजनीति


माधव नेपाल जोडिएको भ्रष्टाचार मुद्दाका ५ अभियुक्तको ठेगाना भेटिएन, पत्रिकामा सूचना जारी गर्न आदेश

माधव नेपाल जोडिएको भ्रष्टाचार मुद्दाका ५ अभियुक्तको ठेगाना भेटिएन, पत्रिकामा सूचना जारी गर्न आदेश

नेपालखबर
भदौ २२, २०८२ आइतबार १५:११, काठमाडौँ

पतञ्जली भ्रष्टाचार प्रकरणका ५ जना अभियुक्तको ठेगाना पत्ता नलागेपछि उनीहरूका नाममा पत्रिकामा सूचना जारी  हुने भएको छ।  

विशेष अदालत काठमाडौँका  सदस्यहरू न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र विदुर कोइरालाको इजलासले आज आइतबार यस्तो आदेश गरेको हो।  

'म्याद तामेल गर्न जाँदा अभियोग पत्रमा उल्लिखित ठेगानामा अभियुक्तहरू नभेटिएपछि पत्रिकामा नाम प्रकाशित गर्ने आदेश भएको हो' विशेष अदालतका रजिस्ट्रार जितेन्द्रबाबु थपलियाले नेपालखबरलाई जानकारी दिए।  

अदालतका अनुसार, ९३ जना अभियुक्तमध्ये ८७ जना मुद्दाको प्रतिवादका लागि अदालतमा उपस्थित भइसकेका छन्। एक जनाले म्याद बुझेर पनि प्रतिवाद गरेका छैनन्।

यसप्रकरणका मुख्य अभियुक्तहरू पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, पतञ्जलीका नेपाल प्रमुख शालिग्राम सिंह,  पूर्वमन्त्री प्रेमबहादुर सिंहलगायत केही व्यक्ति अदालतमा उपस्थित भइसकेका छन्।  

माधव नेपाल र शालिग्राम सिंह जनही ३५ लाख रुपैयाँ धरौटी बुझाएर छुटेका हुन्। पूर्वमन्त्री प्रेमबहादुर सिंहले ५० हजार रूपैयाँ बुझाएका छन्।

यस प्रकरणका अभियुक्तहरू:
माधवकुमार नेपाल, लालमणि जोशी, कलानिधि पौड्याल, हुपेन्द्रमणी केसी (निरौला), केशर बहादुर बानियाँ, राजाराम थापा, सीताराम पोख्रेल, बुद्धिबहादुर कार्की, रामकृष्ण खत्री, बद्रिप्रसाद हुमागाईं, विनोद कोइराला, पुष्पकुमार पौडेल, नवराज बस्नेत, विष्णुप्रसाद हुमागाईं, केदारनाथ भट्टराई, प्रेमबहादुर देसार, रामकाजी श्रेष्ठ, हरिशरण श्रेष्ठ, रोसकाजी जस्पाउ, अरूण कुमार सर्राफ, विश्वरत्न शाक्य, शेखर कुमार राणा, अमीत श्रेष्ठ, चौतारामा प्राइभेट लिमिटेड, नारायणकृष्ण जोशी, प्रकाश खाइजु, विक्रम प्रजापति, निर्मला पौडेल, न्हुछेरत्न खाइतु, राजेश साँद, रोशनी लक्ष्मी तुईतुई, राकेश सुवाल, लक्ष्मी केशरी जाकीबन्जार, तुल्सीराम सुवाल, यादवप्रसाद जोशी, गुप्तराज कोइराला, बद्रीभक्त नाऐभा, सुरेन्द्र कुमार कोइराला, दामोदर अधिकारी, म्लाङ डोङ तामाङ, राजेश त्वायना, शिवराम त्वयना।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad