राजनीति


वसन्तपुरमा इन्द्र जात्रा: राष्ट्रपति पौडेलको स्वागतमा पुगे बालेन, प्रधानमन्त्री ओलीको स्वागतमा गुरागाईँ

वसन्तपुरमा इन्द्र जात्रा: राष्ट्रपति पौडेलको स्वागतमा पुगे बालेन,  प्रधानमन्त्री ओलीको स्वागतमा गुरागाईँ

नेपालखबर
भदौ २१, २०८२ शनिबार १७:८, काठमाडौँ

आज काठमाडौँ उपत्यकामा इन्द्रजात्रा धुमधामका साथ मनाइएको छ। हरेक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन मनाइने यो पर्व काठमाडौँ उपत्यस्थित वसन्तपुरलगायत ठाउँमा विशेष उत्साहका साथ मनाइन्छ। 

यसपटक पनि बसन्तपुरमा मनाइएको इन्द्रजात्राको आयोजक काठमाडौँ महानगर नै रह्यो। इन्द्रजात्रामा सहभागी हुन विशिष्ट व्यक्तिहरू पनि वसन्तपुर पुगेका छन्।  

जात्रामा सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, सभामुख देवराज घिमिरे, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, पर्यटनमन्त्री बद्री पाण्डे, प्रहरी महानिरीक्षक कुबेरचन्द्र खापुङलगायत विशिष्ठ व्यक्तिहरू पुगेका छन्। 

जात्रामा पुगेका राष्ट्रपति पौडेलको स्वागतमा महानगरका मेयर बालेन्द्र शाह (बालेन) पुगेका थिए भने प्रधानमन्त्रीको स्वागतमा उनी गएनन्। प्रधानमन्त्री केपी शर्मा ओलीको स्वागतमा महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ पुगेका थिए।  

भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिअनुसार इन्द्रध्वजसहितको लिङ्गो ठड्याइएपछि यो पर्व सुरु हुन्छ। ‘इन्द्रध्वजोत्थान’ भनिने सो अवसरमा लिङ्गोको फेदमा भैरवको पूजा गर्ने चलन छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad