नेकपा एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले स्थायी कमिटी सदस्य कर्णबहादुर थापालाई जारी विधान महाधिवेशनमा फरक मत प्रस्तुत गर्न रोक लगाइएको कुरा अस्वीकार गरेका छन्।
न्युज एजेन्सी नेपालसँग कुरा गर्दै गौतमले फरक मतका प्रति बन्दसत्रका सहभागीहरूलाई वितरण गरिसकिएकाले हलमा प्रस्तुत गरिरहन आवश्यक नभएको भनेपछि त्यसमा थापा सहमत भएको दाबी गरेका हुन्।
ललितपुरको गोदावरीस्थित सनराइज हलागिएको मा जारी विधान महाधिवेशनको दोस्रो दिन शनिबार थापाले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीमा रोक्न नहुनेसहितको फरक मत प्रस्तुत गर्न मञ्चतिर जाँदा अध्यक्ष ओलीले उनलाई रोकेका थिए।
महाधिवेशनमा सहभागी एक नेताले नेपालखबरलाई दिएको जानकारीअनुसार आधा घण्टासम्म उभिएर बोल्न पाउनुपर्ने माग गर्दा पनि थापालाई ओलीले फरक मत प्रस्तुत गर्न नदिएका हुन्।
तर एमाले प्रचार विभाग प्रमुख गौतमले रोकेको नभई अध्यक्षले थापालाई वितरण गरिसकिएकाले अब एकैचोटि आफ्नै समूहमा छलफल गर्न भनेको जिकिर गरेका हुन्।
- कर्ण थापालाई रोक्दै ओलीले भने, ‘उहाँले कन्भिन्स गर्ने मलाई नै हो, उहाँ र म ३ घण्टा बसेको अस्ति राति’
‘प्रत्येक सदस्यले पहिले त्यो छलफलका विषय बनाएर लिएर आउनुपर्यो। त्यसकारण छलफल नै नगर्नुस् भनिएन। छलफलबाट वञ्चित पनि गरिएन, नगर्नुस् पनि भनिएन। समूहमा छलफल गरेर लिएर आउनुस भनेपछि उहाँले प्रस्तुति गर्नुभएन। अध्यक्षले एस भन्नुभयो, उहाँले स्वीकार गर्नुभयो।’
Shares

प्रतिक्रिया