राजनीति


यो सरकार राजनीतिक अस्थिरता अन्त्यका लागि बनेको हो: गृहमन्त्री लेखक

यो सरकार राजनीतिक अस्थिरता अन्त्यका लागि बनेको हो: गृहमन्त्री लेखक

फाइल तस्बिर


नेपालखबर
भदौ २१, २०८२ शनिबार १४:११, कञ्चनपुर

गृहमन्त्री रमेश लेखकले राजनीतिक अस्थिरता अन्त्यका लागि वर्तमान सरकार गठन भएको बताएका छन्।  निजामती सेवा दिवसका असवरमा महाकाली प्रादेशिक अस्पतालमा शनिबार आयोजित रक्तदान कार्यक्रममा उनले तीन–तीन महिनामा सरकार परिवर्तन भएपछि राजनीतिक स्थायित्वका निम्ति वर्तमान सरकार गठन भएको स्पष्ट पारे। 

गृहमन्त्री लेखकले निजामती कर्मचारीप्रति शुभकामना व्यक्त गर्दै स्थायी सरकारको भूमिकामा रहेका कर्मचारीले राष्ट्र र जनतालाई केन्द्रमा राखेर सेवा गर्नुपर्नेमा जोड दिए।   

'वर्तमान सरकारले कानुन र नीतिगत सुधारलाई प्राथमिकता दिएको छ, २०७२ सालमा संविधान बने पनि निजामती सेवा विधेयक सदनबाट पारित हुन सकेको थिएन,' उनले भने,  'निजामती सेवा, शिक्षा ऐनलगायत विधेयक पारित हुने क्रममा छन्।'

उनले निजामति सेवा विधेयक यसै महिना पारित हुने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad