संसदीय सुनुवाइ समिति (संयुक्त) को सभापतिमा रामहरि खतिवडा निर्विरोध भएका छन्। सङ्घीय संसद् सचिवालयले उम्मेदवारी दर्ताको समय (बिहीबार २ बजेदेखि ४ बजेसम्म)को समयमा खतिवडाको मात्रै उम्मेदवारी परेको थियो।
खतिवडा आफैँले आज निर्वाचनको मितिको दिन निर्विरोध घोषणा भइसकेको जानकारी दिए। 'अन्य कसैको पनि उम्मेदवारी परेन मेरो नाम नै निर्विरोध घोषणा गरियो' उनले नेपालखबरसँग भने।
‘सङ्घीय निजामती सेवा विधेयक, २०८० को ‘कुलिङ अफ पिरियड’सम्बन्धी प्रावधानमा छेडखानी गर्ने काममा संसदीय विशेष समितिले नैतिक जिम्मेवार ठहर्याएपछि राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिबाट राजीनामा दिएका खतिवडालाई कांग्रेसले सुनुवाइ समितिमा ल्याएको हो।
साउन २८ गते राज्य व्यवस्था तथा सुशासन समिति सभापतिबाट राजीनामा दिएका खतिवडालाई एक महिना नबित्दै अर्को समितिमा सभापति बनाइएको हो।
Shares

प्रतिक्रिया