कारोबार


इन्डेक्स एक्सचेन्ज यूएईले ल्यायो विशेष उपहार योजना

इन्डेक्स एक्सचेन्ज यूएईले ल्यायो विशेष उपहार योजना

नेपालखबर
भदौ २०, २०८२ शुक्रबार १८:३१, काठमाडौँ

इन्डेक्स एक्सचेन्ज यूएईले नेपालमा पैसा पठाउँदा विशेष उपहार योजना ल्याएको छ।

हरेक वर्षहरुझैँ यो वर्ष पनि इन्डेक्स एक्सचेन्ज यूएईले ‘विन अ मिलियन’ चौथो संस्करणअन्तर्गत बडादशैँ र तिहारको अवसरमा विशेष उपहार योजना ल्याएको हो।

जस अन्तर्गत नेपालमा रहेका आफन्त एवंम परिवारहरुलाई यूएई भरका इन्डेक्स एक्सचेन्जको आफ्ना जुनसुकै शाखाबाट पैसा पठाउँदा लक्की ड्रमार्फत १० लाख नेपाली रुपैयाँ उपहार साथै नयाँ एसयूभी कार जित्ने अवसर प्राप्त गर्नेछन् भने नेपाल जाने हवाइ टिकटहरु पनि जित्ने सुनौलो अवसर ल्याएको छ। यसपालिको दशैँ–तिहारलाई अझै विशेष बनाउने उदेश्यसहित कम्पनीले यो अभियान आगामी अगस्ट ३१  तारिख २०२५ सम्म मान्य रहने गरि थालेको हो।

यूएईमा रहेका हजारौं नेपाली कामदारहरूले दशैँ र तिहार प्रायः घरदेखि टाढै मनाउनुपर्ने बाध्यता, पर्वहरूमा परिवारजनहरुसँग खुसी, भेटघाट र सपनाहरू पूरा गर्ने क्षणमा आफ्ना ग्राहकहरूलाई घरको मायाँ दिलाउने उद्देश्यका साथ कम्पनीले यस कार्यक्रम ‘विन अ मिलियन’ ल्याएको हो ।

इन्डेक्स एक्सचेन्जले हरेक वर्ष विभिन्न प्रवर्द्धनात्मक कार्यक्रम मार्फत नयाँनयाँ योजनाहरू ल्याउने गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad