राजनीति


सामाजिक सञ्जाल बन्द भयो भने देश अस्तव्यस्त हुन्छ, सरकारले ख्याल गर्नुपर्छ : पाण्डे

सामाजिक सञ्जाल बन्द भयो भने देश अस्तव्यस्त हुन्छ, सरकारले ख्याल गर्नुपर्छ : पाण्डे

फाइल तस्बिर


नेपालखबर
भदौ १९, २०८२ बिहिबार १७:८, काठमाडौँ

प्रमुख नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले दर्ता हुन नआएको सामाजिक सञ्जालहरु बन्द गर्ने सरकारको निर्णय आपत्तिजनक रहेको बताएका छन्।

संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले माओवादी केन्द्रले यसको विरोध गर्ने बताए। सरकारले समयमा काम नगर्ने र सञ्चालन हुने वातावरण नमिलाएका कारण यो समस्या आएको जिकिर गरे।

‘सरकारले समयमा काम नगर्ने, त्यस्तो वातावरण नबनाउने र अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्न खोजेको छ,’ पाण्डेले भने, ‘यसको हामी विरोध गर्दछौँ। नियमन गर्नेकुरा आवश्यक छ। तर यसका लागि सरकारले कहाँ समस्या हो, केके हो हेरेर बल्ल नियमन गर्नुपर्छ। सामाजिक सञ्जाल बन्द भयो भने देश अस्तव्यस्त हुन्छ, यो कुरा सरकारले ख्याल गर्नुपर्छ।’

 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad