सत्तारुढ नेकपा (एमाले)को सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको छ।
बैठकमा विधान महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव प्रतिवेदन र सांगठनिक प्रतिवेदनमाथि छलफल हुनेछ। 
त्यस्तै पूर्वराष्ट्रपति विद्या भण्डारीलाई सदस्यता नदिनेबारे केन्द्रीय कमिटी बैठकले गरेको निर्णयमा दुई उपाध्यक्षहरू युवराज ज्ञवाली र सुरेन्द्र पाण्डेले राखेको फरक मतबारे विधान महाधिवेशनमा छलफल गराउने कि नगराउने भन्नेबारे पनि छलफल हुनेछ।
एमालेको विधान महाधिवेशन भोलिदेखि ललितपुरको गोदावरीस्थित सनराइज हलमा सुरु हुँदैछ। प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले विधान महाधिवेशनको उद्घाटन गर्ने छन्।
33
Shares

प्रतिक्रिया