भारतीय सर्वोच्च अदालतका प्रधानन्यायाधीश भूषण रामकृष्ण गवई आज नेपाल आउँदै छन्।
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको निमन्त्रणामा गवई दुई दिने भ्रमणमा नेपाल आउन लागेका हुन्।
सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार गवई आज बिहीबार अपराह्न ४ बजे इन्डियन एयरलाइन्समार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने कार्यतालिका छ।
'हाम्रो सम्माननीय (प्रधानन्यायाधीश राउत) को निमन्त्रणामा उहाँ नेपाल आउन लाग्नुभएको हो,' उनले नेपालखबरसँग भने, 'नेपाल इन्डिया जुडिसियल डायलग नाम दिइएको दुई दिने कार्यक्रम तय भएको छ। त्यसैमा सहभागी हुन उहाँ आउने हो। दुवै दिन उहाँ कार्यक्रममा सहभागी हुनुहुन्छ।'
कार्यक्रम भदौ २० र २१ गते काठमाडौँमा हुँदै छ।
189
Shares

प्रतिक्रिया