राजनीति


विधान महाधिवेशन तयारीका विषयमा छलफल गर्न एमाले सचिवालय बैठक बस्दै

विधान महाधिवेशन तयारीका विषयमा छलफल गर्न एमाले सचिवालय बैठक बस्दै

नेपालखबर
भदौ १९, २०८२ बिहिबार ७:२६, काठमाडौँ

भोलि विधान महाधिवेशनको तयारीका रहेको सत्तारुढ दल नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ। बैठक बिहीबार दिउँसो तीन बजे पार्टी मुख्यालय च्यासलमा बस्नेछ।

विधान महाधिवेशनका सम्बन्धमा छलफलका लागि बैठक बोलाइएको सो पार्टीले जनाएको छ। एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठकमा एमालेको दोस्रो विधान महाधिवेशन प्रस्तुत गरिने राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव प्रतिवेदन र सांगठनिक प्रतिवेदनमाथि छलफल हुनेछ। बैठकमा तीनवटै प्रतिवेदन छलफल गरेर पारित गरेपछि विधान महाधिवेशन प्रस्तुत गर्ने तयारी छ। 

भोलि (भदौ २० गते) ललितपुरको गोदावरीस्थित सनराइज हलमा हुने विधान महाधिवेशन भदौ २२ गतेसम्म चल्ने छ। एमाले अध्यक्ष केपी ओलीले उद्घाटन गर्ने विधान महाधिवेशनमा २ हजार ३ सय ४१ जना सहभागी हुनेछन्।

महाधिवशेनमा २ हजार २६ जना प्रतिनिधि रहने छन् भने आयोजकका हैसियतमा ३१५ जना थप गरी कुल सहभागी सङ्ख्या २ हजार ३ सय ४१ रहने सो पार्टीले जनाएको छ। 

महाधिवेशनका लागि मञ्च सजावट, सचिवालयको व्यवस्थापन, स्वयंसेवकहरुको व्यवस्थापन, मेडिकल टिम, मिडिया सेन्टरको व्यवस्थापन, झाँकी प्रदर्शनको व्यवस्थापन, सातदोबाटो चोकबाट महाधिवेशन स्थलसम्म यातायातको व्यवस्था र सातदोबाटोदेखि महाधिवेशन स्थलसम्म विभिन्न पार्टी कमिटी र जनसंगठनहरुका तर्फबाट स्वागतद्वारका अतिरिक्त उपत्यकाका विभिन्न स्थानहरुमा स्वागत गेटहरु निर्माण लगायत आवश्यक सबै काम पूरा भएको एमालेले जनाएको छ। 

अधिवेशनमा पार्टीका तर्फबाट अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, पार्टीका उपाध्यक्ष एवं उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधान संशोधन सम्बन्धी प्रस्ताव र महासचिव शंकर पोखरेलले संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्ने छन्।

त्यसै गरी केन्द्रीय अनुशासन आयोगका तर्फबाट अध्यक्ष केशव वडाल, केन्द्रीय लेखा आयोगका तर्फबाट अध्यक्ष डा। पुष्प कँडेल, केन्द्रीय निर्वाचन आयोगका तर्फबाट अध्यक्ष डा। विजय सुब्बा र केन्द्रीय सल्लाहकार परिषदका अध्यक्ष अमृतकुमार बोहोराले आ(आफ्‌ना निकायको प्रतिवेदन प्रस्तुत गर्ने तयारी छ। 

महाधिवेशनमा सहभागी प्रतिनिधिहरुबीच समूहगत छलफल गर्ने व्यवस्था मिलाइएको छ। विधान महाधिवेशनले केन्द्रीय निर्वाचन आयोगको भावी नेतृत्व समेत निर्वाचित गर्नेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad