प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सांघाई सहयोग संगठन (एससीओ) को पूर्ण सदस्यका रुपमा प्रवेश पाउन आतुर रहेको बताएका छन्।
सोमबार तिन्जियानमा सांघाई सहयोग संगठन (एससीओ)को शिखर सम्मेलनलाई सम्बोधन गर्दै भने, ‘सन् २०१६ देखि संवाद साझेदार रहेको नेपाल पूर्ण सदस्यको रूपमा प्रवेश पाउन आतुर छ।’
क्षेत्रीय सहकार्यप्रतिको नेपालको प्रतिबद्धता दृढ छ रहेको भन्दै उनले आफ्नो सम्बोधनमा र एससीओ सदस्यहरूसँग नेपालको सम्बन्ध बलियो रहेको बताए।
सबै संयुक्त रूपमा काम गर्न प्रतिबद्ध भए मात्रै सुदृढ र समृद्ध एससीओ सबैको पहुँचमा हुने ओलीको भनाइ छ। ‘नेपालले एससीओ भित्र क्षेत्रीय सहकार्यलाई अझ सुदृढ बनाउन प्रतिबद्धता पुनः व्यक्त गर्दछ,’ उनले भने।
क्षेत्रीय सुरक्षा सम्बोधन नगरी शान्तिको कुरा गर्न नसकिने भन्दै ओलीले आतंकवादले समाजबाट सुरक्षा र अवसर खोस्नेब ताए।
त्यस्तै जलवायु परिवर्तनले जोखिम बढाएको र यसको महसुस हिमाललाई मुटुमा बोकेको नेपालले महसुस गरिरहेको बताए।
Shares

प्रतिक्रिया