नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले वडा तहसम्म पार्टी कार्यालय स्थापना र सञ्चालन गर्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन्।
सोमबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित आनन्दप्रसाद पोखरेलद्वारा लिखित पुस्तक कम्युनिष्ट पार्टी निर्माणका आधारको विमोचन गर्दै उनले पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति बनाउने उद्देश्य हासिल गर्न पनि हरेक वडा तहसम्म पार्टी कार्यालय सञ्चालन गर्न सिंगो पार्टी पंक्तिलाई सचेत गराएका हुन्।
अझै पनि पार्टीको काम पालिका तहसम्म मात्रै क्रियाशील रहेको उल्लेख गर्दै महासचिव पोखरेलले त्यसले एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउने उद्देश्य हासिल गर्न नसक्ने बताए।
उनले पार्टीको नीतिअनुसार जनमत तयार गर्नसक्दा मुलुकमा राजनीतिक अस्थिरताको सबै भन्दा ठूलो समस्या अझै पनि रहेकाले त्यसलाई अन्त्य गर्नेगरी पार्टी कामलाई तल्लो तहसम्म पुर्याउन आवश्यक रहेको पनि बताए।
महासचिव पोखरेलले वडालाई पार्टी कामको केन्द्र बिन्दु बनाउने कुराले मात्रै पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिमा रुपान्तरण गर्न सकिने स्पष्ट पारे।
उनले एमालेको नीतिलाई राष्ट्रिय नीतिको रुपमा अघि बढाउने सामर्थ्य विकास हुने गरी पार्टी काममा लाग्नुपर्ने समेत बताए।
महासचिव पोखरेलले भने, ‘निर्णायक राष्ट्रिय शक्ति बनाउनका लागि जग के हो? भन्दा हाम्रो पार्टीको कामको बेस क्याम्प मान्दा वडा कमिटीलाई बेस क्याम्प मान्ने हो भने पुग्नुपर्ने ठाउँ हाम्रो टोल कमिटीहरू नै हाम्रो उद्देश्य पूरा गर्ने माध्यम बन्न सक्दछ। तर अझै पनि हामी वडालाई केन्द्रबिन्दु बनाएर पार्टी काम गर्ने अभ्यासतर्फ प्रवेश गर्न सकेका छैनौँ। अझै पनि हामो कामको क्षेत्र कहाँ सिमित छ भने धेरै तल गयो भने पालिका तहसम्म पुग्यो भने पार्टी क्रियाशील छ भन्ने प्रकारको बुझाई र निष्कर्ष हाम्रो हुने गरेको छ।’
महासचिव पोखरेलले एमालेले जबजको नीति लिएको र त्यसलाई सामयिक बनाउँदै लैजानुपर्ने पनि बताए।
Shares

प्रतिक्रिया