राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रूपन्देही-३ का उम्मेदवारसँगको अन्तर्क्रिया अचानक रोकेको छ।
आज दिउँसो २ बजे रास्वपा केन्द्रीय कार्यालयमा डा लेखजंग थापाले पत्रकार भेटघाट र अन्तर्क्रियाको लागि कार्यक्रम भन्दै उपस्थितिका लागि पत्रकार बोलाइए पनि अपरान्ह १२ बजेपछि स्थगित भएको सूचना रास्वपाले जारी गरेको छ।
विशेष कारणवश पत्रकार भेटघाट कार्यक्रम अर्को समयको लागि सारिएको रास्वपाका प्रवक्ता मनीष झाले बताए। तर, अर्को समय तोकिएको भने छैन।
रास्वपाले गत साउन ७ देखि भदौ ८ गतेसम्म रूपन्देही-३ को उपनिर्वाचनको लागि उम्मेदवार चयन प्रक्रिया चलाएको थियो। आइतबार मात्र डा लेखजंग थापालाई उम्मेदवार घोषणा गरेको थियो।
रुपन्देही-३ उपनिर्वाचन: रास्वपाको उम्मेदवार बने डा लेखजंग थापा
1.0k
Shares

प्रतिक्रिया