राजनीति


ओलीलाई लिङ्देनको चुनौती : आवश्यक परे झापा- ५ मा प्रतिस्पर्धा गरौँला

ओलीलाई लिङ्देनको चुनौती : आवश्यक परे झापा- ५ मा प्रतिस्पर्धा गरौँला

फाइल तस्बिर


नेपालखबर
भदौ १४, २०८२ शनिबार १८:३५, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चुनौती दिँदै आवश्यक परै एउटै निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा गर्न तयार रहेको बताएका छन्। 

शनिबार झापाको बिर्तामोडमा राप्रपाको जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले  जनतामा धेरै नै लोकप्रिय छु भन्ने लागेको भए संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीमा प्रतिस्पर्धा गर्नसमेत चुनौती दिए। 

‘अस्ति प्रधानमन्त्रीले आफ्नो कार्यकर्तालाई ब्रिफिङ गर्ने बेलामा भन्नुभएछ- अब त्यो राजेन्द्र लिङ्देन भन्ने मान्छेले झापामा कहाँबाट जित्दो रहेछ हेरौँला,’ लिङ्देनले भने, ‘त्यो भनेको त थर्काएको कुरा भयो नि त, होइन? होइन हजुर मैले त त्यस्तो भनेको छैन, हामी त मिल्नैपर्छ नि भनेको छैन। म आजबाट यहाँबाटै शालिनतापूर्वक जवाफ के दिन  चाहन्छु भने हाम्रो केही सहकार्य भयो। राजेन्द्र लिङदेन एउटा सांसद जित्नु र नजित्नुभन्दा माथि छ भन्ने कुरा उहाँले बुझिदिनुपर्छ।’

उनले थपे, ‘म सांसद त के बाँकी जीवन एउटा वडाको सदस्य नभएर मर्न तयार छु तर यो भ्रष्ट व्यवस्थाको विरुद्ध उभिन्छु भनेर आएको हुँ।म आगामी दिनमा मन्त्री, प्रधानमन्त्री, सांसद हुन्छु की हुन्न भनेर हिँडेको मान्छे होइन। एउटा सांसद जित्नु मात्रै मेरो उद्देश्य होइन। समयले खोजेछ भने झापा ५ टाढा होइन, राजेन्द्र लिङदेन त्यहाँ गएर लड्न सक्छ।’
 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad