राजनीति


पूर्वराष्ट्रपति भण्डारीले एमालेलाई कमजोर बनाउने गतिविधि गर्न मिल्दैन : ज्ञवाली

पूर्वराष्ट्रपति भण्डारीले एमालेलाई कमजोर बनाउने गतिविधि गर्न मिल्दैन : ज्ञवाली

नेपालखबर
भदौ १४, २०८२ शनिबार १९:१२, काठमाडौँ

नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमालेलाई कमजोर बनाउने खालका कुनैपनि काम गर्न नहुने बताएका छन्।

शनिबार प्रेस चौतारी नेपालले काठमाडौँमा आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै उनले एमालेले राष्ट्रपति जस्तो सम्माननीत र गरिमामय पदमा पुर्‍याएकाले सो पार्टीलाई कमजोर बनाउने खालको गतिविधि पूर्वराष्ट्रपति भण्डारीले गर्न नहुने उहाँले जिकिर समेत गरे।

‘त्यो ओहोदामा रहनुभएका व्यक्तित्वहरु फेरि फर्केर पार्टी राजनीतिमा, जहाँ दलीय इन्ट्रेष्टहरु हुन्छन्, दल भनेकै आफ्नो निश्चित राजनीतिक स्वार्थ पूरा गर्नका लागि बनेको संस्था हो,’ ज्ञवालीको भनाइ छ, ‘त्यो ठाउँमा आउँदा त्यो संस्थाको पनि गरिमा र त्यो व्यक्तिको पनि गरिमाको पनि न्याय गर्दैन। त्यो उचित हुँदैन भन्ने निष्कर्षका साथ हामीले एउटा प्रणाली बसाल्न खोज्यौं। त्यो प्रणाली हामीले बसालेको हुनाले उहाँको सदस्यता नवीकरण भएको थियो, थिएन भन्ने प्रश्न नै अब तपसिलको प्रश्न भयो। अव यो विषयमा आईरहेका विभिन्न टिकाटिप्पणीहरुलाई हामीले हरिरहेका छौं। हाम्रो सम्माननीय पूर्व राष्ट्रपतिज्युप्रतिको सम्मान, आदरभाव र उहाँको योगदानप्रतिको उच्च मूल्यांकन यथावत नै छ।’

‘जुन पार्टीबाट, जुन संस्थाबाट जुन जमिनमा टेकेर हामी त्यो ठाउँमा पुगेका हुन्छौं। आफ्नो कुनै निश्चित चाहना पूरा भएनन् भने फर्केर त्यही संस्थालाई कमजोर गर्ने गरी कुनै पनि काम कसैले पनि गर्नु हुँदैन भन्ने कुरा हामीलाई थाहा छ। हामी उहाँलाई सिंगै देशको अभिभावकको रुपमा देख्न चाहन्छौं,’ उनले भने।

उपमहासचिव ज्ञवालीले आगामी महाधिवेशनमा पनि पार्टीको नेतृत्वमा केपी शर्मा ओलीको विकल्प नभएको पनि उल्लेख गरे। ओलीलाई पार्टीको नेतृत्वमा निरन्तरता दिने कुरामा पार्टी भित्र कुनै विवाद नरहेको पनि ज्ञवालीले दाबी गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad