राजनीति


प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सीबीच भेट

प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सीबीच भेट

नेपालखबर
भदौ १४, २०८२ शनिबार १५:५०, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच भेट भएको छ। प्रधानमन्त्री ओली र चीनका राष्ट्रपति सीबीच चीनको तियानजिन अतिथि गृहमा भेट भएको हो। 

सांघाई सहयोग संगठन (एससीओ)को शिखर सम्मेलनमा भाग लिन ओली आजै त्यहाँ पुगेका हुन्।

चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै हिमालय एयरलाइन्सनको विशेष विमानमार्फत प्रस्थान गरेका उनी तियान्जिन विनहाइ अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिए। 

चीनमा रहँदा ओलीले चीनको सैन्य परेडमा समेत भाग लिने छन्। 

तियान्जिनमा उनलाई चीन सरकारका उच्चाधिकारी र  चीनका लागि नेपालका राजदूत डा कृष्णप्रसाद ओली, नेपालका लागि चीनका राजदूत चेन सोङलगायतले स्वागत गरेका थिए।

प्रधानमन्त्री ओलीका साथ अगाडिको सिटमा पूर्व उपप्रधानमन्त्री तथा प्रतिनिधिसभा सदस्य रहेका कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, शिक्षामन्त्री रघुजी पन्त, पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डे, प्रधानमन्त्रीमा आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, एमाले नेता एवं सांसद छविलाल विश्वकर्मा, परराष्ट्र सचिव अमृतबहादुर राई, चीनका लागि नेपाली राजदूत कृष्णप्रसाद ओली र चीन मामिला हेर्ने परराष्ट्र मन्त्रालयको उत्तर-पूर्वी महाशाखा प्रमुख सहसचिव भृगु ढुङ्गाना हुनेछन्।  

सीसँगको प्रधानमन्त्री ओलीको भेटवार्तामा पछिल्लो सीटमा रहने अधिकारीहरूमा प्रधानमन्त्री ओलीका प्रमुख निजी सचिव राजेश बज्राचार्य, बेइजिङस्थित नेपाली राजदूतावासकी उपनियोग प्रमुख रोशन खनाल, दूतावासकी कन्सुलर सविता नकर्मी र परराष्ट्र मन्त्रालयका उपसचिव मनहरि दंगाल छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad