राजनीति


गगन भन्छन्ः आजभोलिका हाँस्यव्यंग्य कार्यक्रम मर्यादित भएनन्

गगन भन्छन्ः आजभोलिका हाँस्यव्यंग्य कार्यक्रम मर्यादित भएनन्

नेपालखबर
भदौ १३, २०८२ शुक्रबार १९:५८, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू हाँस्यव्यंग्य कार्यक्रममा सहभागी हुनै छाडेको बताएका छन्।

महामन्त्री थापाले मर्यादित भाषाको प्रयोग नभएकाले आफूले त्यस्ता कार्यक्रममा सहभागी हुन नसकेको बताएका हुन्।

शुक्रबार काठमाडौंमा कवि विसुकुमार केसीद्वारा लिखित कविता संग्रह पागल हुन कहाँ सजिलो छ र? को विमोचन कार्यक्रममा बोल्दै उनले व्यंग्य चेत सम्बन्धित पक्षले मनन गर्नसक्ने खालको हुनुपर्ने भएकाले सोही अनुसारको साहित्य सृजना लाग्न पनि स्रष्टाहरूलाई आग्रह गरे।

जसमाथि साहित्यले कटाक्ष गर्न खोजेको हो, त्यसलाई मनन गर्ने खालको व्यंग्य चेत हुनुपर्ने महामन्त्री थापाको भनाई थियो। उनले कवितामा गरिएको व्यंग्य सम्बन्धित पक्षले मनन गरेमात्रै त्यसको अर्थ हुने पनि स्पष्ट पारे। 

महामन्त्री थापाले भने, ‘चोटिला प्रश्नहरू गर्दा पनि मर्यादाभित्र रहेर गर्नु पर्दछ। मलाई यो कविको बेजोड शैली हो भन्ने लाग्छ। प्रश्नहरु एकदम धारिलो छ, चोटिलो छ। तर त्यो जसलाई प्रश्न गरिएको हो, शुरुमै त्यसलाई यतिधेरै प्रश्न भएको कि उसले महशुस नै गर्न सकेन भने अर्थै भएन।’ 

उनले थपे, ‘आज भोलि म हास्यव्यंग्य कार्यक्रमहरूमा जानै मन लाग्दैन। पहिलापहिला हामी गाईजात्राको सुन्थ्यौनि। त्यो कार्यक्रममा अगाडि बसेको मान्छेलाई प्रश्न गरेको छ। त्यहाँ व्यंग्य भएको छ। त्यो व्यंग्य चेतका साथ कुराहरू भएको छ। सबै कुरामा सहभागी हुन पाओस् न। तर अगाडि बसेको मान्छे त्यहाँबाट भाग्नुपर्ने अवस्था बनायो भने के अर्थ हुन्छ?’

महामन्त्री थापाले साहित्यले समाजका विभिन्न क्षेत्रमाथि गरिएको प्रहार मर्यादित भए त्यसले सुधारको क्षेत्रमा धेरै काम गर्नसक्ने बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad