राजनीति


एमालेका मान्छेहरू गहभरि आँसु बोकेर हिँडेका छन्, हामी तमासा हेर्दैछौँः माधव नेपाल

एमालेका मान्छेहरू गहभरि आँसु बोकेर हिँडेका छन्, हामी तमासा हेर्दैछौँः माधव नेपाल

फाइल फोटो


नेपालखबर
भदौ १३, २०८२ शुक्रबार २०:६, काठमाडौँ

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै कम्युनिष्ट आन्दोलनमा अधिनायकवाद मौलाएको टिप्पणी गरेका छन्।

शुक्रबार पार्टीको ७ नम्बर क्षेत्रीय कमिटी, काठमाडौंले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले यस्तो टिप्पणी गरेका हुन्। 

नेकपा (एमाले)लाई लक्षित गर्दै उहाँले त्यहाँ बसिरहेका मान्छे गहभरि आँसु बोकेर कहाँ झार्ने भन्ने ठाउँ खोज्दै हिँडिरहेको टिप्पणी गरे। एमालेभित्र रहेका मानिसहरूले भोगिरहेको र आफूहरू समेत तमासा हेरेर बसिरहेको उनको टिप्पणी छ। 

उनले भने, ‘जम्मै प्रमाण साक्षी छ भने तथ्य नै प्रष्ट छ। त्यहाँ बसिरहेका मान्छे गहभरि आँसु बोकेर कहाँ आँशु झारौँ भनेर ठाउँ खोज्दै हिँडिरहेका छन्। दिनदिनै त्यहाँ भएका मान्छेहरूले भोगिरहेका छन् भने हामी पनि टाढा बसेर तमासा हेरेर बसिरहेका छौं। कहिले बाको गीत गाइरहेको सुन्छु। कहिले म झोले हुँ भन्ने गीत चलिरहेको देखिन्छ। त कहिले खबरदार भनिरहेको सुन्छौं।’

आफूहरूले सुरु गरेको कम्युनिष्ट पार्टीले २०७४ सालमा बहुमत ल्याउँदा समेत संविधान संशोधन र ऐन कानून निर्माणमा तिव्रता दिन नसक्नुको मुख्य दोषि ओली भएको उनको आरोप छ।

एमाले नेतृत्व पूर्व सहयोगीमाथि बदला लिन उद्यत रहेको भन्दै अध्यक्ष नेपालले अब प्रभु शाह र उपेन्द्र यादवको पालो आएको टिप्पणी गरे।

उनले भने, ‘अब बदला सुरु भएको छ उपेन्द्र यादव, प्रभु शाहमाथि। अब बद्ला सुरु हुनेछ प्रचण्डमाथि। कोही बाँकी बच्नेवाला छैनन्।’

उनले कम्युनिष्ट पार्टीका कार्यकर्ताको पहिलो काम समाज बदल्ने रहेको उल्लेख गर्दै त्यसका लागि अग्रसर हुन पार्टी कार्यकर्तालाई आग्रह गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad