राजनीति


प्रधानमन्त्रीले संसद्‍मा सम्बोधन गर्दा बहिष्कार गर्दैनौँः रास्वपा

प्रधानमन्त्रीले संसद्‍मा सम्बोधन गर्दा बहिष्कार गर्दैनौँः रास्वपा

नेपालखबर
भदौ १२, २०८२ बिहिबार १८:१, काठमाडौँ

भिजिट भिसा दुरुपयोग प्रकरणको विषयलाई लिएर लामो समयदेखि संसद् बहिस्कार गर्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टीले शुक्रबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गर्न दिने भएको छ।

शुक्रबारको सभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न चीन भ्रमणबारे जानकारी दिनेछन्। 

बिहीबार सभामुखसँगको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले प्रधानमन्त्रीले सभालाई सम्बोधन गर्ने क्रममा सभा बहिस्कार नगर्ने बताए। 

सदनमा बोल्न पाउने कुरा प्रधानमन्त्रीको अधिकारको कुरा भएको उल्लेख गर्दै बोल्न पाउने कुरा अग्राधिकारमा रहने जिकिर गरे। आफूहरू संसदमा आन्दोलनमै भएपनि कतिपय कामहरू ख्याल गर्नुपर्ने उनको भनाइ छ।

उनले भने, ‘हामी निरन्तर संसदमा आन्दोलनमै छौँ। तर कतिपय गर्नुपर्ने कामहरुमा हामीले ख्याल पनि गरेका छौँ। भोलि सम्माननीय प्रधानमन्त्रीज्यूले आसन्न उहाँको विदेश भ्रमणको बारेमा चर्चा गर्न खोज्नुभएको होला। त्यो उहाँको कुरा हो। सदनमा बोल्न पाउने उहाँको अग्राधिकार रहन्छ समय मागेपछि उहाँले बोल्नुहोला।’

शनिबार चीन भ्रमणमा जान लागेका प्रधानमन्त्री ओलीले भ्रमणका बारेमा सदनमा जानकारी गराउन लागेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad