ad ad

राजनीति


प्रधानमन्त्रीको निर्देशनः गाउँ हिँडेकाहरु जहाँ छन्, त्यहीँ रोक्नू, खानेबस्ने व्यवस्था स्थानीय तहले गर्छ

प्रधानमन्त्रीको निर्देशनः गाउँ हिँडेकाहरु जहाँ छन्, त्यहीँ रोक्नू, खानेबस्ने व्यवस्था स्थानीय तहले गर्छ

नेपालखबर
बैशाख ५, २०७७ शुक्रबार १५:२६,

प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ बाहिर जानेहरुलाई रोक्न निर्देशन दिएका छन्।

लकडाउनका कारण उपत्यकाभित्र बेखर्ची भएका मानिसहरु भोकैप्यासै हिँडेर घर जान थालेपछि सरकारको व्यापक आलोचना हुन थालेको थियो।

त्यसैले प्रधामन्त्री ओलीले शुक्रबार मन्त्रीहरुलाई आफ्नो निवासमा बोलाएर उनीहरु रोक्न र खाद्यान्नलगायत राहतको व्यवस्था गर्न निर्देशन दिएका हुन्।

‘प्रधानमन्त्रीले लकडाउनमा हिँडडुल गर्न पाइँदैन, जो जहाँ छ, त्यहीँ रहने हो भन्नुभयो,’ पर्यटनमन्त्री योगेश भट्टराईले भने, ‘उपत्यकाभित्र वा बाहिर गर्न नदिने निर्णयलाई अब कडाइका साथ लागू गरिनेछ। कोही पनि सीमाबाट आरपार गर्न पाउने छैनन्।’

बैठकमा प्रधानमन्त्री ओलीले सरकारको पहिलो प्राथमिकता जीवन रक्षा रहेको भन्दै त्यसलाई गम्भीरतापूर्वक कार्यान्वयन गर्न निर्देशन दिएका थिए।

त्यस्तै, प्रधानमन्त्री ओलीले खाने र बस्ने समस्या परेका सबैलाई खाद्यान्नसहित राहत वितरण स्थानीय निकायबाट हुने बताए।

प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई आआफ्नो मन्त्रालय अन्तर्गत कुनकुन योजनाहरुमा कति जनालाई रोगजारी दिन सकिन्छ, त्यसबारे विवरण प्रस्तुत गर्न पनि निर्देशन दिए।

‘कुन कुन क्षेत्रमा कति जनालाई कस्तो प्रकारको रोजगारी प्रदान गर्न सकिन्छ भनेर आइतबारसम्म विवरण प्रस्तुत गर्न भन्नुभएको छ,’ भट्टराईले भने। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .