राजनीति


नेपाल र भियतनामका उपराष्ट्रपतिबीचको द्विपक्षीय बैठक

नेपाल र भियतनामका उपराष्ट्रपतिबीचको द्विपक्षीय बैठक

तस्बिरः रासस


नेपालखबर
भदौ ८, २०८२ आइतबार १२:०, काठमाडौँ

नेपाल भ्रमणमा रहेकी भियतनामकी उपराष्ट्रपति भो थी आन्ह सुआन र नेपालका उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग द्विपक्षीय बैठक सुरु भएको छ। 

आइतबार काठमाडौँको याक एन्ड यति होटेलमा दुवै उपराष्ट्रपतिहरूको नेतृत्वमा प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता सुरु भएको हो।  वार्तामा व्यापार, लगानी, जलविद्युत, र सांस्कृतिक सहकार्यका विषयमा छलफल हुने छ। 

वार्तापछि संयुक्त पत्रकार सम्मेलन समेत हुने छ। 

नेपालका उपराष्ट्रपतिको को निमन्त्रणामा नेपाल-भियतनाम कूटनीतिक सम्बन्धको ५० औं वार्षिकोत्सवको अवसरमा सुआनको भ्रमण भएको हो।

सुआनले आजै प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमा शिष्टाचार भेट गर्ने कार्यक्रम छ।

नेपाल र भियतनामबीच १९७५ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो। हाल दुई देशबीचको वार्षिक व्यापार १०० मिलियन डलरभन्दा कम छ।

भोलि सोमबार सुआनले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गर्ने छिन र काठमाडौँ तथा ललितपुरका ऐतिहासिक स्थलहरूको भ्रमण गर्ने कार्यतालिका छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad