राजनीति


उपराष्ट्रपति र भियतनामका समकक्षी सुआनबीच भेटवार्ता

उपराष्ट्रपति र भियतनामका समकक्षी सुआनबीच भेटवार्ता

नेपालखबर
भदौ ८, २०८२ आइतबार ११:५५, काठमाडौँ

नेपाल भ्रमणमा रहेकी समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भो थि आन सुआन र उपराष्ट्रपति रामसहायप्रसाद यादवबीच भेटवार्ता भएको छ। 

भियतनामकी उपराष्ट्रपति सआन यादवको निमन्त्रणमा तीन दिने भ्रमणका लागि शनिबार नेपाल आएकी हुन्। 

नेपाल र भियतनामबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वर्षगाँठको अवसर पारेर सुआन नेपाल भ्रमणमा आएकी हुन्। 

यादव र सआनबीचको भेटमा नेपाल भियतनाम सम्बन्धका विविध आयामका साथै द्विपक्षीय हित र आपसी चासोका विषयमा कुराकानी भएको यादवको सचिवालयले जनाएको छ।

उनले शनिबार परराष्ट्रमन्त्री आरजु राणा देउवासँग पनि शिष्टाचार भेटवार्ता गरेकी थिइन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad