राजनीति


तीनै तहका सरकारले गति बढाउन जरुरी छः मन्त्री न्यौपाने

तीनै तहका सरकारले गति बढाउन जरुरी छः मन्त्री न्यौपाने

नेपालखबर
भदौ ६, २०८२ शुक्रबार २०:७, काठमाडौँ

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले मुलुकको विकासका लागि तीन तहको सरकारले आफ्नो गति बढाउन जरुरी रहेको बताएकी छन्।

शुक्रबार स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनको नतिजा सार्वजनिकरण तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री न्यौपाने यस्तो बताएका हुन्। 

उनले सेवा प्रवाहका सवालमा स्थानीय तहहरूले अझै धेरै काम गर्न जरुरी रहेको पनि बताए।

उनले संविधानतः संघीय सरकारले राष्ट्रिय गौरवका आयोजनाहरूलाई अगाडि बढाउने, प्रदेश सरकारले विकास निर्माणका कामलाई ध्यान दिने र स्थानीय तहले सेवा प्रवाहमा ध्यान दिनुपर्नेमा जोड  दिइन्।

उनले तीन तहको सरकारबीच आपसि सहकार्य र समन्वय गरेर अगाडि बढ्न सकेमात्र मुलुक र जनताको अवस्था परिवर्तन गर्न सकिने कुरामा जोड दिइन्। 

मन्त्री न्यौपानेले भनिन्, ‘हाम्रो संविधानको मक्सद भनेको पनि संघीय सरकारले राष्ट्रिय गौरवका आयोजनाहरूलाई अगाडि बढाउने हो। राष्ट्रियस्तरका ठूला ठूला इस्युहरुलाई अगाडि बढाउने हो। प्रदेश सरकारले विकास निर्माणका कामलाई ध्यान दिने हो भने स्थानीय तहले सर्भिस डेलिभरीलाई ध्यान दिने हो।’

स्थानीय तहको सेवा प्रवाहको अवस्थाको मूल्याङ्कन गर्नको लागि कार्यसम्पादन मूल्याङ्कन प्रणालीको विकास गरिएको मन्त्री न्यौपानेको जिकिर छ। 

मुलुकको विकासका लागि विकसित देशहरूलाई पछ्याउँदै सेवा प्रवाहलाई चुस्त बनाउनुपर्नेमा उनको जोड छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad